२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेसले देशभर प्रदर्शन गर्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।

कांग्रेसले तेस्रो चरणको विरोध प्रदर्शन अन्तर्गत आज जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्न लागेको हो ।

काठमाडौँमा कालो पट्टी, मास्कसहित भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रदर्शनमा शुभेच्छुक संस्थाहरुको सक्रिय सहभागिता रहेन जनाएको छ । प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ ।