
काठमाडौं । भारतमा कृषि कानुनको विरोधमा किसानहरुले आज चक्काजामको घोषणा गरेका छन्।
उनीहरुले दिउंसो तीन घण्टा देशभर चक्काजामको घोषणा गरेका हुन् । २६ जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै दिल्लीको सीमा र शहरमा सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच संयुक्त राष्ट्रको मानवाधिकार निकायले भारतमा किसान आन्दोलनलाई लिएर प्रशासन र प्रदर्शनकारी दुवैले अधिकतम संयमता अपनाउन अपील गरेको छ ।
महिनौं लामो किसान आन्दोलनबारे पहिलो पटक प्रतिक्रिया दिंदै राष्ट्रसंघले सबैको मानवाधिकारको सम्मान गर्दै न्यायसंगत समाधान निकाल्न आग्रह गरेको छ ।
दिल्लीमा हजारौं किसानहरु महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् । सरकारले सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ ।
विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरि ल्याइएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन भोग्दै आएका किसानहरु विस्थापित हुने उनीहरुको तर्क छ ।
एजेन्सी
तस्वीर : गुगल
प्रतिक्रिया दिनुहोस्