
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ । नागरिक प्रदर्शनको नेतृत्व चिकित्सा सुधार अभियन्ता डा.गोविन्द केसीले गर्नुभएको हाे ।
माइतीघरमा गरिएको प्रर्दशनमा सहभागीहरूले ‘सर्वसत्तावाद मुर्दावाद’, ‘लोकतन्त्र मास्न पाइँदैन’, ‘नागरिक अगाढि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘सवैधानिक सर्वोच्चता कायम गर’, ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरङ्कुस सरकार चाहिँदैन’ लगायतका नारा लेखेका पोस्टर बोकेका थिए ।
प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । उनीहरूले सरकार स्वेच्छाचारी बनेको आराेप लगाउँदै नागरिक समूहले सरकारलाई खबरदारी गर्ने बताएका छन् । नागरिक प्रदर्शनमा पत्रकार, कलाकार, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशभर यसको विरोधमा प्रदर्शन भइरहेको छ । सत्तारुढ नेकपाकै एक समूह अहिले सडकमा उत्रिएर प्रधानमन्त्री ओलीकाे कदमको विरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्