१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी दुई माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलित


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी मुख्य दुई माग राखेर आन्दोलित भएका छन् ।

शनिबार आफ्ना ट्याक्सी सहित र्याली निकालेका व्यवसायीहरूले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरूले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।

राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने माग राख्दै शान्तिपूर्ण ट्याक्सी ¥यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताउनुभयो ।

ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरू नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट र्याली सहित माइतीघर मण्डलामा भेला भएका थिए ।