
बुटवल । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।
पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलका विभिन्न चोकबाट ¥याली निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले कालो माक्स लगाएर प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेका थिए ।
यता संखुवासभाको खाँदवारी, तेह्रथुम, धनकुटामा पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेसले बिरोधसभा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्