१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश प्रतिगमनमा धकेलिनुकाे दाेषी मधेशी जनता– उपसभापति निधि


0
Shares

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देश प्रतिगमनतर्फ धकेलिनुमा मधेशी जनताको पनि दोष रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार नेपाली कांग्रेसका भातृ संगठनहरूले जनकपुरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै निधिले प्रतिगमनतर्फ धकेलिँदा संघीयता र संविधान समाप्त हुने परिस्थिति आउनुमा मधेशी जनता पनि दोषी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसले धेरै शासन सत्ता चलाएको भन्दै मधेशी जनताले कांग्रेसलाई पराजित गराएको परिणाम अहिले देखिएको उहाँको भनाइ छ । उहाँले मुलुक प्रतिगमनतर्फ धकेलिएको जिकिर गर्नुभयो ।

उपसभापति निधिले कम्युनिष्ट नेतृत्वको सरकार निरंकुश मात्रै नभइ काण्डैकाण्डले भरिएको जिकिर गर्नुभयो । कारबाही गर्ने निकाय नै सत्तापक्षको दास बनेको भन्दै उहाँले अब कांग्रेसले काण्डहरूको भण्डाफोर गर्ने बताउनुभयो ।

देश र संविधानको रक्षाका लागि कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा अडिग रहेको उहाँको तर्क छ ।