१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रसुवामा दिनभर हिमपात


0
Shares

रसुवा । सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा शनिबार दिनभर हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै शुक्रबार दिनभर र शनिबार बिहानैदेखि सदरमुकाम लगायत उत्तरी क्षेत्रमा हिमपात भएको हो ।

हिमाली क्षेत्रमा केही दिन अघिदेखि नै सामान्य हिमपात भए पनि शनिबारको वर्षासँगै सदरमुकामसहित जिल्लाका दर्जनौं बस्तीमा बाक्लो हिमपात भएको गोसाइकुण्ड गाँउपालिका–१ थुमनका दावा तामाङले बताउनुभयो ।

रसुवाको लाङटाङ, क्यान्जिङ, गोसाइकुण्ड, यार्सा, गत्लाङ र नागथली जस्ता उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । अन्नवाली सुक्ने र भोकमरी पर्ने भन्दै चिन्तामा परेका किसानहरू पानीसँगै हिमपात भएपछि खुसी भएका छन् ।

हिमपातका कारण चिसो बढ्दा जनजीवन भने कष्टकर बनेको छ । चिसोको समयमा श्वासप्रश्वास र न्यूमोनिया जस्ता रोगहरू लाग्न सक्ने भएकाले वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।