२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


संसद् विघटनविरुद्ध एक भएर उभिनुपर्छ– वरिष्ठ नेता खनाल


0
Shares

इलाम । दाहाल–नेपाल समूहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा (संसद्) विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताउनुभएको छ ।

गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सबै डटेर लाग्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग गर्न नसकेको भन्दै वरिष्ठ नेता खनालले ओली सहमतिविना आफूखुसी हिँडन खोज्दा अहिलेको परिस्थिति निम्तिएको जिकिर गर्नुभयो ।

नेता जनार्दन शर्माले ओली प्रवृत्तिको उदेश्य लोकतन्त्र र संविधान खारेज गर्ने रहेको आरोप लगाउनुभयो । संविधानलाई बचाउन आन्दोलन गर्नुपर्ने र केपी प्रवृत्ति बुझेर अघि बढ्नुपर्ने बताउँदै उहाँले ओली प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलन सफल नहुने जिकिर गर्नुभयो ।