
धनकुटा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संंंघीय परिषदका अध्यक्ष डाक्टर बावुराम भटटराईले प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।
धनकुटामा शनिबार जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै अध्यक्ष डा. भटटराईले संविधान र व्यवस्थाको रक्षाका लागि सबै पार्टी एक हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष डा. भट्टराईले प्रतिगमनविरुद्ध एक्ला–एक्लै संघर्षमा गए सफल हुन गाह्रो हुने भएकाले एक भएर प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीले परिवर्तनलाई नचाहेरै प्रतिनिधिसभा विघटन गरेको डा. भट्टराईको आरोप छ । उहाँले प्रधानमन्त्रीले कुनै हालतमा निर्वाचन नगराउने दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्