
काठमाडौं । काठमाडौंमा आज सामान्य वर्षा भएको छ । चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।
पश्चिम नेपालका केही भू–भागमा हल्का वर्षा भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । रसुवाको उत्तरी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।
सुदुरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा हिजोबाटै वर्षासँगै हिमपाँत हुँदा जनजीवन प्रभावित भएको छ । कर्णाली प्रदेशका पनि पहाडी र हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ ।
गण्डकी प्रदेशका पहाडी भेगमा पनि वर्षा भएको र हिमाली क्षेत्रमा केही दिनदेखि नै हिमपात भइरहेको छ । यस्तै प्रदेश १ र २ का अधिकांश भेगमा वर्षा भएको छ ।
लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ भने गरिब र विपन्न परिवार चिसोले प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्