१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार


0
Shares

बैतडी । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा(धामी)को गोली हानी हत्या गरेका हुन् ।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जाककारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

‘छोरीको हत्या गरेर बुवा फरार छन्,’ उहाँले भन्नुभयो, ‘घटना भएको खबरपछि पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ ।’

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका महराको खोजी कार्य तीव्र पारिएको छ । बेलमती गएको एक महिनादेखि माइतमै बसिरहेकी थिइन् ।