
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ ।
भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदानपछि सम्बोधन गर्दै प्रमुख शाक्यले जीर्ण र क्षतिग्रस्त सम्पदा यही कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो । शाक्यले भन्नुभयो, ‘हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्य अनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं ।’
प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन पनि आग्रह गर्नुभयो । योजना लिएर आएको अवस्थामा महानगरपालिकाले सहयोग गर्ने बताउँदै उहाँले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयम्भूस्थित आनन्द भुवन विहार महानगरकै सहयोगमा पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्