२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद


0
Shares

काठमाडौं । नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् ।

भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संंगठनमा राजीनामा दिनेको लहर चलेको छ ।

नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ ।

बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका दाबेदार छन्, जो १५ वर्षभन्दा जेठा सइ हुन् ।

३० जना त १७ वर्षदेखि सइमा कार्यरत छन् । यसपटकको बढुवाका लागि अझै कम्तीमा दुई तीन वर्षसम्म कुर्नुपर्नेछ ।

प्रहरीको जागिर अवधि ३० वर्ष हुन्छ । त्यसमा आधाभन्दा धेरै अवधि एउटै पदमा बिताउनुपर्ने बाध्यता प्रहरीका कनिष्ठ अधिकृतहरुको छ । नयाँ पत्रिका