१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माग पुरा नभए तालाबन्दी गर्ने बीपीका चिकित्सकहरुको अल्टिमेटम


0
Shares

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेपछि त्यसविरुद्ध यहाँका चिकित्सक आन्दोलित भएका छन् ।

उनीहरुले संस्थालाई तत्काल सुधार नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै व्यवस्थापन पक्षसमक्ष दबाब बढाएका छन् ।

चिकित्सकले शुक्रवारदेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना थालेका छन् । उनीहरुले शिक्षाध्यक्ष डा.गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरी आफ्ना माग पूरा गर्न आइतबारसम्मको अल्टिमेटम दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. गिरी, शिक्षाध्यक्ष डा. खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सुधार गर्न पहल नगरेको गुनासो उनीहरुले गरेका छन् ।

यस्तै, नियमित कामकारबाहीसमेत स्थगन गरी प्रतिष्ठानलाई धराशयी बनाएको भन्दै प्रतिष्ठानका चिकित्सक मेडिकल तथा डेन्टल फेकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका हुन् ।

यी चिकित्सकले तत्काल प्रतिष्ठानलाई सुधार नगरिए आकस्मिकबाहेकका ेिवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् । अन्नपूर्ण