२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बाबुले गरे गोली हानेर छोरीको हत्या


0
Shares

काठमाडौं । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् ।

पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा धामीको गोली हानी हत्या गरेका हुन् ।

हिजो बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

छोरीको हत्या गरेर बुवा भने फरार छन् । घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका महराको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बेलमती गएको एक महिनादेखि माइतमै बसिरहेकी थिइन् ।