
ताप्लेजुङ । ताप्लेजुङमा सामान्य वर्षासंगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तिमा बाक्लो हिमपात भएको हो ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातसंगै २५ सय मिटर भन्दा माथीका उत्तरी क्षेत्रका बासिन्दा चिसोको मारमा परेका छन् ।
पानी नपरेर हिउँदे बालीनाली फस्टाउन नसकिरहेका बेला वर्षा र हिमपातले किसानलाई भने फाइदा भएको हो । ताप्लेजुङमा विगतका वर्षहरुको तुलनामा यस वर्ष केहि ढिलो गरि हिमपात सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्