२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौंको यातायात सेवा अवरुद्ध


0
Shares

काठमाडौं । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ ।

सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँले मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् ।