
काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।
सभामुख सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासले गर्न लागेको हो।
सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्