
काठमाडौं । फिलिपिन्समा आज ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
फिलिपिन्सको मिन्डानाओलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।
यता इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने भुकम्प ६ दशमलब ३ म्याग्निच्युड मापन गरिएको जनाएको छ । स्थानीय समय अनुसार आज १२ बजेर २२ मिनेटमा भूकम्प भएको हो ।
भूकम्पले के कति क्षति पु¥यायो भन्ने बारेमा भने अहिलेसम्म कुनै विवरण आएको छैन ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्