२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

पाँच महिनामा २१ अर्ब विदेशी लगानी स्वीकृत


0
Shares

चालू आर्थिक वर्ष ( २०७७/ ७८) को पाँच महिनामा उद्योग विभागमार्फत २१ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी ( एफडीआई) स्वीकृत भएको छ ।

विभागकाअनुसार स्वीकृत भएको यस रकमबाट १०८ नयाँ उद्योग स्थापना हुनेछन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने चालु वर्षको विदेशी लगानी २२.९ प्रतिशत कम हो ।

गत वर्षको सोही अवधिमा २७ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४ / ७५ को पहिलो पाँच महिनामा १३ अर्ब १४ करोड लगानी प्रतिवद्धता आएकोमा आर्थिक वर्ष २०७५ / ७६ मा ९ अर्ब ६१ करोडमा सिमित भएको थियो ।

त्यसैगरि आर्थिक वर्ष २०७६ / ७७ मा २७ अर्ब प्रतिवद्धता आउँदा अघिल्लो वर्षको तुलनामा १८४ प्रतिशत बढी भएको थियो । कारोबार