
सर्लाही । सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढेको छ । सरकारले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।
अहिले दैनिक जिल्ला प्रशासन कार्यालय मलंगवाबाट १ सयजनाको हाराहारी र ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवामाबाट दैनिक ५०–५० जनाको दरले नयाँ तथा प्रतिलिपी बनाइ रहेकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
सिमित कर्मचारी तथा धेरै सेवाग्राही भएकालेसमेत सहज रुपमा नागरिकता दिलाउन कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्