२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकारलाई लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप


0
Shares

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ ।

सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरूलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रूपमा नलिइ सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।

पत्रकारहरूले फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समूहका व्यक्तिहरूलाई पनि छिटो भन्दा छिटो कोभिड–१९ विरुद्धको खोप दिन सरकारसँग आग्रह गरेका छन् ।