
एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपर सूर्या शिवकुमारलाई कोभिड–१९ पोजेटिभ भएको छ । आइतबार ट्वीटरमा एक पोस्ट राख्नै उनले आफूलाई कोभिड–१९ पोजेटिभ भएको जानकारी दिनुभएको हो ।
सूर्याको अहिले अस्पतालमा उपचार भइरहेको जानकारी गराउनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘म कोरोना संक्रमित भएँ र मेरो उपचार चलिरहेको छ । अहिले केही सहज भएको छ ।’
उहाँ थप्नुहुन्छ, ‘जीन्दगीमा अहिलेसम्म सबै कुरा सामान्य भएको छै । डरका कारण बस्न सक्दिन । सुरक्षा र अन्य कुराको पनि ख्याल गर्नु जरुरी छ । मेरो साथमा रहनुभएका सबैजना डाक्टर र मेडिकल स्टाफलाई धन्यवाद ।’
सूर्याको ‘सूर्या सिंघम’ फिल्म दक्षिण भारत एवं विश्वभर रुचाइएको फिल्म हो । उहाँले अभिनय गर्नुभएको ‘सिंघम’को सिरिज एकदमै चर्चित र धेरै कमाएको फिल्म हो ।
प्रतिक्रिया दिनुहोस्