
सिन्धुली । गोलन्जोर गाउँपालिका–१ डुडभन्ञ्याङकी देवकी नेपाली घरबाट निस्केको चार दिनपछि मृत अवस्थामा फेला परेकी छन् ।
दुई सन्तानसहित घरबाट निस्केकी उनको शव सुनकोशी नदीको किनारमा भेटिएको हो । देवकीको शव भेटिए पनि १३ वर्षीया छोरी सुस्मिता र ८ वर्षीय छोरा सुजन भने अझै बेपत्ता रहेको भएको प्रहरीले जनाएको छ ।
देवकीको शवसँगै छोराछोरीको चप्पल भेटिएपछि तीनै जना नदीमा हामफालेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
श्रीमानसँगको घर झगडापछि देवकी गत शुक्रबार साँझ दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन् । देवकीको शव सिन्धुली अस्पतालमा राखिएको छ भने छोराछोरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्