२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्रतिनिधिसभा विघटनको फैसला निर्वाचन पछि हुनसक्छ- मुख्यमन्त्री राई


0
Shares

शुभकला राई
ओखलढुङ्गा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले निर्वाचन नहुने विषय कसैको आदेशमा र कानुनमा नभएको जिकिर गर्नुभयो । ‘अदालतको फैसला चुनाव अघि हुन पनि सक्छ, नहुन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतमा बहस चलिरहेकाले लम्बिन पनि सक्छ ।’

मुख्यमन्त्री राईले निर्वाचन पछि अदालतले एकलाइनमा भन्नुपर्ने कुरा भन्नसक्ने बताउँदै निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

राजनैतिक स्थिरता, सुशासन, विकास र समृद्धिका लागि जनताले मतदान गर्दै अराजकता, अस्थिरता र कुशासनलाई सधैँका लागि हटाउनुपर्ने बताउनुभयो । उहाँले बलियो, शक्तिशाली, लोकप्रिय, विकास र समृद्धिको यात्रालाई तीव्र गतिमा लिएर जाने नेतृत्व जनताले चयन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई आफूले चिरेर जनताको अभिमतलाई कदर गर्दै अघि बढ्ने बताउनुभयो ।