१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हिमताल फुटेर वेपत्ता भएका ३ नेपाली सहितको नाम सार्वजनिक, खोजी जारी


0
Shares

काठमाडौं । भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।

स्थानीय प्रशासनले हिजो वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता हुनेमा नेपालका ३ जना पनि रहेका हुन् । स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ ।

वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन् ।

वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन् । उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन् ।

१ सय १५ जनाको नामा सार्वजनिक गरिएपनि २ सय भन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ । वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ । जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको जनाइएको छ ।

एजेन्सी