१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बलात्कारीको खोजी गरी कडा कारवाही गर्न गृहमन्त्रीलाई नेविसंघको माग


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । मंगलबार मन्त्री निवास पुगेर गृहमन्त्री राम बहादुर थापालाई बलात्कारमा संलग्नको खोजी गरी कडा कारवाही गर्न ज्ञापन पत्र बुझाएको हो ।

गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले दोषीको खोजी गरी तत्काल कारवाही गर्नसमेत माग गरेको छ । नेविसंघले निर्मला पन्त, सम्झना विक र बैतडीकी भगीरथी भट्टको बलात्कारपछि हत्या भएको र अपराधी पत्ता नलागेको भन्दै प्रशासनबाट पनि कुनै कमी कमजोरी भएको हो भन्दै ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाएको महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो ।

‘जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो दायित्व हो भन्ने कुरा सरकारले नभुलोस र सो दायित्व गम्भीर रुपमा पूरा गर्न ध्यान दिओस् भनेर खबरदारी गरेको’ ज्ञापनपत्रमा उल्लेख छ ।

गृहमन्त्री थापाले बलात्कारमा संलग्नको खोजी कार्य तीव्र भएको र छिट्टै पत्ता लगाउने आश्वासन दिएको पनि महामन्त्री तिमल्सिनाले जानकारी दिनुभयो ।

बैतडीकी १६ वर्षीय किशोरी भगीरथ भट्टको बलात्कारको घटनाले स्तब्ध तुल्याएको भन्दै नेविसंघले उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको शरिरका विभिन्न अंगमा निलडाम र चोटपटक लागेको थियो ।