२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सवारी दुर्घटनामा तीनको मृत्यु


0
Shares

चितवन । रत्ननगर नगरपालिका ९ सिँचाइ गेट अगाडी गएराती ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार धादिङकी २५ वर्षीया दुर्गा मगर रहेकी छिन् । उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गएराती साढे १२ बजे ना ५ ख ५६ ७९ नम्बरको ट्रमा ना ६२ प ८२ ३० नम्बरको मोटरसाइकल ठोकिएको हो ।

ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय टाडीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ शंकरनगरमा हिजो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बुटवल उपमहानगरपालिका ८ बस्ने २६ वर्षिया पुजा गहतराज रहेकी छिन् ।

घाइते उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा हिजो साझ ५ बजे मृत्यु भएको छ ।भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ३० प ८५ ६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको नम्बर नखुलेको बसले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएका हो ।

ठक्कर दिने बस चालक फरार रहेकाले खोजी भइ रहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यता, झापाको गौरीगंज गाउँपालिका ९ बढिधापमा हिजो साँझ मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ ।

गौरादह गाउँपालिका ९ बैगुनधुराका ३९ वर्षीय पुरुषोत्तम फुँयालको मृत्यु भएको हो ।

हिजो साँझ सवा ६ बजे को १३ प २० ४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।