२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिनेटमा आजबाट ट्रम्प विरुद्धको महाभियोगमा सुनुवाइ हुँदै


0
Shares

काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा आजबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग सम्बन्धी सुनुवाइ शुरू हुँदैछ ।

यसअघि हिजो महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले संसद्‌ भवनमाथि आक्रमण उनका समर्थकहरूले आफ्नै स्वविवेकमा गरेको दाबी गरेका छन् ।

वाशिङ्गटनस्थित क्यापिटल भवनमाथि गत जनवरी ६ तारिखको दिन आक्रमण भएको थियो । गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो ।

ट्रम्पमाथि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको आरोप छ । ट्रम्पले भने महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने अडान राख्दै आएका छन् ।

एजेन्सी