
काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ ।
फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ७ः३५ बजे नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको थियो। ।
ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो ।
घर हल्लिएपछि मान्छे घरबाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्