
काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै नै पक्राउ पर्ने आश्वासन दिनु भएको छ ।
मंगलबार नेपाल विद्यार्थी संघले बलात्कारमा संलग्नलाई कारवाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले अपराधमा संलग्नलाई छिट्टै कारवाही गर्ने बताउनु भएको हो ।
गृहमन्त्री थापाले भट्टको केश निर्मला पन्तको जस्तो जटिल नभएको र सुरक्षा संयन्त्र लागि परेकोले दोषी पत्ता लाग्ने आश्वासन दिनु भएको छ ।
‘राज्यको अनुसन्धान र प्रशासनिक निकाय पुर्ण रुपले बैतडीमा केन्द्रित छ’, थापाले भन्नुभयो, ‘विगतका निर्मला पन्तको घटना झै कठिन छैन् अनुसन्धान दोषीको नजिक पुगिसकेको छ ।’
उहाँले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताउनुभयो ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्