
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिडदैछन् ।
पहिलो हाफसम्म आर्मीले वालिङविरुद्ध २–० को जित निकालेको छ । आर्मीले पहिलो मिनेट र ४३ औं मिनेटमा गोल गरेको हो ।
आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजेबाट सुरु भएको हो । दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मी ७ खेलमा १६ अंक जोडेको दोस्रो स्थानमा रहेको छ । वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै, अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्