
नवलपुर । कोरोना महामारीपछि गत चैतबाट बन्द रहेको नवलपुरको त्रिवेणी सीमा खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको सरोकारवालाहरूको बैठकले नाका खोल्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
तत्कालका लागि नाकामा हेल्थ डेस्क स्थापना गरी थर्मल गनबाट ज्वरो नापेर आवत–जावतलाई सहज बनाउने निर्णय गरिएको छ । हेल्थ डेस्क स्थापना गर्न आवश्यक पूर्वाधार र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न बिनयी त्रिवेणी गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमार्फत् सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा पहल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
सरकारले सिमानाका खोल्ने निर्णय गरे पनि त्रिवेणी नाका सञ्चालन हुन सकेको छैन् । सरकारले तय गरेका आवश्यक मापदण्ड पुरा गरेर नाका खोल्नका लागि भन्सार, स्वास्थ्य र सुरक्षा निकायबाट पहल गर्ने र आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरि छिट्टै सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्