
काठमाडौ । केहिदिन अघि सार्वजनिक भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । गीतका गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईले भारतको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा गीत निकाल्न लागेको जानकारी दिनुभयो ।
हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ, तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने चौलागाईंले बताउनुभयो । गीतको भिडियोमा नेपालको चर्चित अभिनेता रहनेछन्, भने फिमेल मोडल बलिउडकै चर्चित अभिनेत्री रहनेछन् । भारतबाट गीत गाउने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनमा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।
‘इस’ बोलको गीतलाई सम्राटसँगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु रहेको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएको थियो ।
४ दिन अगाडी मात्रै यस गीतको म्युुजिक भिडियो रिलिज भएको थियो । दर्शकहरुले गीत रुचाएका कारण पनि बलिउडको म्युुजिक कम्पनीले हिन्दी निकाल्न लागेको हो । ‘इस’ बोलको गीत युुट्युुव र टिकटमा हिट चर्चा कमाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्