
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले हराएको सवारीसाधन खोज्ने विषयमा आफूहरू सधैँ क्रियाशील रहेको बताउनुभयो । आफ्नो साधनको सुरक्षामा सवारीधनी पनि उत्तिकै चनाखो हुनु पर्ने उहाँको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो २ महिनाभित्र २ सय ३३ वटा मोटरसाइकल फेला पारी १ सय ९६ जना धनीलाई बुझाइसकेको छ । चोरीमा संलग्न ३९ जनालाई कारबाही गरेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा हराएको मोटरसाइकल खोज्न सक्रियतापूवर्क खटिएका दुई जना ट्राफिक प्रहरीलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्