१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माइती बसेकी छोरीको हत्या गर्ने बुवा पक्राउ, झगडा मिलाउन खोज्दा गोली प्रहार


0
Shares

बैतडी । छोरीलाई गोली हानी हत्या गरी फरार रहेका बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षीय धनबहादर महरा दोगडाकेदार गाउँपालिका–८ माल्लेकबाट पक्राउ गरिएको हो ।

माइतीमा बस्दै आएकी २० बर्षीया छोरी बेलमतीलाई धनबहादुर महराले माघ २४ गते गोली हानी हत्या गरेका थिए । सोही राती उनले आफ्नो अर्को घरमा आगजनी पनि गरेका थिए ।

दुईवटी श्रीमती रहेका महराको कान्छी श्रीमतीसँग विवाद हुँदा छोरीले मिलाउन खोज्दा उनले छोरीमाथि नै गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मृतक बेलमतीको शव परीक्षण पछि घरपक्षलाई बुझाइएको छ ।

यो पनि पढ्नुहोस्– बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार