५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ऋषि कपूरका भाइ राजीवको निधन


0
Shares

एजेन्सी । ऋषि कपूरका भाइ तथा कलाकार राजीव कपूरको निधन भएको छ ।

५८ वर्षीय राजीवको मंगलबार दिउँसो हृद्यघातका कारण इनलक्स अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । राजीव कपूरको मृत्युमा ऋषि कपूरकी छोरी ऋदिमा कपूरले दुःख प्रकट गरेकी छन् ।

१९६२ मा इंल्याण्डमा जन्मिएका राजीवले २००१ मा आर्किटेक्ट आरती सभरवालसँग विवाह गरेका थिए । उनले ‘एक जान है हम’ बाट अभिनय यात्र सुरु गरेका उनले ‘तेरी गंगा मैली’, ‘अंगारे’, ‘शुक्रिया’, ‘हम तो चले परदेश’ लगायतका फिल्ममा काम गरेका थिए ।

गत वर्ष ऋषि कपूरको मृत्यु भएको थियो । राजीवको मृत्युसँगै बलिउड शोकमा डुबेको छ । बलिउडले पछिल्लो एक वर्षमा कपूर खानदानका दुई जान हस्ती कलाकारलाई गुमाइसकेको छ ।