१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारका प्रवक्ता भन्छन्, ‘नचिनेको अध्यक्षले पार्टीको दावीविरोध गर्न मिल्दैन’


0
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले नचिनेको अध्यक्षले पाटीको दावीविरोध गर्न नमिल्ने बताउनुभएको छ ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले माधवकुमार नेपाललाई निर्वाचन आयोगले अध्यक्षको रूपमा नचिनेको बताउँदै त्यस्ता अध्यक्षले पार्टीको दावीविरोध गर्न नमिल्ने तर्क गर्नुभयो ।

‘निर्वाचन आयोगले माधवकुमार नेपाललाई अध्यक्षको रूपमा चिनेको छैन,’ उहाँले भन्नुभयो, ‘नचिनेको अध्यक्षले दाबीविरोध गर्न मिल्दैन, मिलिहाले पनि निर्वाचन आयोगको कानूनअनुसार हदम्याद नाघिसकेको छ ।’

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गर्दै अलमलमा नपर्न आग्रह गर्नुभयो । ‘जसले मध्यावधि निर्वाचनको प्रधानमन्त्रीको हैसियतले सिफारिस गरेको छ, सिफारिस गर्ने प्रधानमन्त्री जहाँ छ त्यहि पार्टी नै आाधिकारिक हो,’ उहाँले थप्नुभयो, ‘सामान्य कुरा छ त, यसमा अलमल हुनुपर्ने कुरा नै छैन ।’

आफ्नो अनुकलता भए निर्वाचन हुने र अनुकुलता नभए निर्वाचन नहुने तर्क दिने राजनीतिक दलहरू सबै निर्वाचनमा भाग लिने मन्त्री गुरुङको विश्वास छ । देशमा निर्वाचनमा गइसकेको बताउँदै उहाँले सडकमा आन्दोलन र विरोध गर्नुको औचित्य नभएको बताउनुभयो ।