
काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले माघ २३ गते नारायणशिटी दरबार संग्रहालय अघिल्लतिरबाटको तेस्रो जनआन्दोलन सुरुवात भएको घोषणा गरे । सडकमा शक्ति देखाउन पुगेको सरकारकै गृहमन्त्रीले तेस्रो जनआन्दोलनकै घोषणा गरेपछि आन्दोलन सत्तामा हुनेले गर्छ कि सडकमा हुनेले भन्नेमा नागरिक अलमलमा छन् ।
यसै पनि, सडकमा सत्ताभित्र र बाहिर हुनेहरुको सरोबरी तामझाम छ । संविधान मिचेर सरकार अघि बढिरहेको भन्दै राज्यको बहुल पक्ष आन्दोलित भइरहँदा त्यही गणतन्त्र र संविधानको रक्षाका लागि तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गृहमन्त्री थापाले गरेका हुन् ।
आज समग्र जनता गणतन्त्र र संविधान रक्षाका लागि फेरि आन्दोलित भएका छन्, आज वस्तुत फेरि एउटा ऐतिहाँसिक जनआन्दोलनको सुरुवात भएको छ ।
त्यसको अघिल्लो दिन पुष्पकमल दाहालले पनि तेस्रो जनआन्दोलनकै कुरा गरे । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन्’, ‘जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो ।’
‘यो आन्दोलन केपी र प्रचण्डको जुहारी नभइ गणतन्त्र र गणतन्त्रविरोधीहरुको लडाइँ हो, दाहालले भनेका थिए, हामी अझ ठूलो आन्दोलन गर्नेछौं । २८ गते विशाल प्रदर्शन गर्नेछौं , फागुनको पहिलो हप्ताबाट जनआन्दोलन सु हसुन्छ । त्यसले सबै लोकतन्त्रविरोधीहरुलाई बढार्छ ।
केही अघि नागरिक आन्दोलनको अगुवाई गरिरहेका लेखक तथा पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलनकै घोषणा गरेका थिए । फागुन ७ गते टुँडिखेलबाट नागरिक घोषणपत्र जारी गरेर जनआन्दोलनको उभार ल्याउने नागरिक आन्दोलनको अगुवाहरुको भनाइ छ ।
सबैतिरबाट जनआन्दोलनको घोषणा भइरहँदा आन्दोलनको आवशयकता र लक्ष्यबारे बहस सुरु भएको छ । सत्ताधारी खेमाले विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई अदालतले सदर गर्नुलाई नै अग्रगमन मानेको छ , सडकमा रहेका अरु दल तत्कालका लागि प्रतिनिधिसभा पुर्नस्थापना गर्नु नै समाधान हो भन्छन् ।
नागरिक आन्दोलनका अगुवाहरुभने त्यो भन्दा अलिकति अगाडि बढ्नुपर्छ भन्नेमा छन् तर कति अगाडि जाने र त्यसको गन्तव्य के हो भन्नेमा अलमल देखिएका छन् । सडक र सत्तामा रहेका सबैका निम्ति तेस्रो जनआन्दोलन को अन्तर्य पहिल्याउनै कठिन भएको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्