१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल समूहले बृहत् प्रदर्शन गर्दै, उपत्यकाको ५ ठाउँमा जुलुस


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्प कमल दाहाल प्रचण्ड तथा माधब कुमार नेपाल (दाहाल–नेपाल) समूहले बुधवार काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा हुने दावी गरेको छ ।

गत माघ २३ गते नेकपा ओली समुहले गरेको शक्ति प्रदर्शनको जवाफ दिने भनेपनि दाहाल–नेपाल समूहले त्यसअघि नैं आजको कार्यक्रम घोषणा गरिसकेको थियो ।

दाहाल–नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ ।

दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गर्नुभएको थियो ।

प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न ठाउँबाट ¥याली, जुलुस र आमसभा हुने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।