७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


0
Shares

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जार चोकमा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा पैदलयात्रीको मृत्यु भएको छ ।

चालक भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय महेन्द्र साह रहेका छन् । उनको उपचारका क्रममा धरान घोपामा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय घनश्याम धामीको सोही अस्पतालमा उपचार भइरहेको छ । पकली रुपनी सडकखण्डमा हिजो बेलुकी साढे ७ बजे प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकल, पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरी चौकी भरोलले जनाएको छ ।

यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ मा हिजो बेलुकी बसको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका ८ कै ५२ वर्षीया सुमित्रा कोहार र उनका ३ वर्षीय नाती लबिक कोहार रहको छन् ।

घाइतेलाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८३२ नम्बरको बसले पैदल हिंडिरहेका उनीहरुलाई हिजो साँझ पौने ७ बजे ठक्कर दिएको थियो ।