
बारा । कारोना महामारीमा कारण थलिएको निजी विमान कम्पनीहरूले आन्तरिक हवाई उडानबाट राहत महसुस गरेका छन् । आन्तरिक यात्रुको वृद्धि भएसँगै सिमरा–काठमाडौं आन्तरिक उडानमा हवाई कम्पनीलाई राहत भएको हो ।
निजी विमान कम्पनीहरूले हाल गर्दै आएको सिमरा–काठमाडौं उडानमा यात्रुको चाप बढेपछि केही दिनमै थप उडान तालिका बढाउने भएको छ । आन्तरिक उडानमध्ये सबैभन्दा छिटो १५ मिनेटभित्र राजधानीसँग जोड्ने सिमरा विमानस्थलबाट हाल करिब पाँच सयभन्दा बढी यात्रु ओहरदोहर गर्दछन् ।
सुलभ मूल्य हुँदा सर्वसाधारणले हवाई मार्ग प्रयोग गर्न थालेको र भारतीय सिमा आंशिक खुलेको हुँदा चाप भएकाले उडान थप गर्न लागेको यती एयरलाइन्सका सिमरा प्रबन्धक सुभासचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्