१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय महिला लिगमा एपीएफ र चन्द्रपुर भिड्दै


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा बुधबार शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे सुरु हुनेछ ।

रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रँदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । जारी महिला लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ ।

यता, चन्द्रपुर भने एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । चन्द्रपुर एपीएफलाई पहिलो हार चखाउने योजनामा हुनेछ । तर, चन्द्रपुरलाई एपीएफलाई हराउन सहज भने हुने छैन । चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।