१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अधिवक्ताको प्रश्न– प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि प्रधानमन्त्रीले संसद् नबोलाए के हुन्छ ?


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध फैसला गरेर संसद पुनर्स्थापना गरे पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक नबोलाउन सक्ने आशय व्यक्त गरिएको छ ।

बुधबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटमा प्रधानमन्त्री केपी ओलीको पक्षबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीका पक्षबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता न्यौपानेले संसद् पुनःस्थापना गर्दा समस्या समाधान नहुने जिकिर गर्दै यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन सदर हुनुपर्ने तर्क गर्दै न्यौपानेले भन्नुभयो, ‘एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ । अब पुनर्स्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ?’

न्यौपानेले संविधानले सबै विषयको नियन्त्रण गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको जिकिर गर्दै भन्नुभयो, ‘श्रीमान्, यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीमा दिएको छ । यसकारण पुनःस्थापना गर्दा अझ बढी समस्या आउँछन् ।’