१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङमा ‘डमी’ ट्राफिक प्रहरी


0
Shares

दाङ । काठमाडौं उपत्यका पछि दाङको तुलसीपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका गर्न ३ वटा स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।

‘ट्राफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने गरी तुलसीपुरको वीरेन्द्र चोक, बसपार्क जाने पिपलबोट र बाहिनी चोकमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिकको नियम पालना गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने तथा जनशक्ति अभावलाई समेत केही हदसम्म टार्ने भएकाले यो डमी पछिल्लो समय उपयोगी मानिएको सिंहले बताउनुभयो ।

दाङमा पछिल्लो चरणमा दुर्घटना वढ्दै गएकाले ट्राफिक डमी प्रभावकारी हुने विश्वास गरिएको छ ।