१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्धनको मूल्य बढ्योः ग्यास १४ सय, पेट्रोल १ सय १२ रुपैयाँ


0
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।

भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपालमा पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको निगमले जनाएको छ ।