७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोपा डेल रे मा बार्सिलोना पराजित


0
Shares

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा सेभियाले बार्सिलोनालाई हराएको छ ।

सेभियाको मैदानमा गएराति भएको खेलमा भ्रमणकारी टोली बार्सिलोना २–० ले पराजित भयो ।

सेभियाको जितमा हुलेस कुन्डे र इभाँ राकिटिचले एक एक गोल गरे । जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

मार्च ४ मा हुने दोस्रो लेगको खेलअघि बार्सिलोना भने दबाबमा आएको छ । किङ्स कप पनि भनेर चिनिने कोपा डेल रे फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राति एथ्लेटिक बिल्बाओ र लेभान्ते भिड्नेछन् । एजेन्सी