२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


0
Shares

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा ७ दशमलब ७ म्याग्नेच्युडको भूकम्प गएको हो ।

लगत्तै ६ म्याग्नेच्युड हाराहारीका थुप्रै पटक पराकम्प गएको जनाइएको छ । न्यूजिल्याण्डदेखि इन्डोनेसियासम्म धक्का महसुस गरिएको भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सी