
काठमाडौं । महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको छ ।
भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै विभागले यस्तो प्रावधानको प्रस्ताव गरेको हो ।
प्रस्तावको चर्को आलोचना भएको छ । यो विषय अनौपचारिक छलफलमा रहेको विभागले प्रष्ट्याएको छ ।
आज प्रेस विज्ञप्तीमार्फत विभागले जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानवीन कार्यदलका सुझावका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्