८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


टेलिकमको भारतमा अन्तर्राष्ट्रिय ‘डाटा रोमिङ’ सेवा


0
Shares

काठमाडौं, भदौ २० । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवामा भारतमा अन्तर्राष्ट्रिय ‘डाटा रोमिङ’ सेवा उपलब्ध गराएको छ ।

हाल रोमिङमा हुँदा ‘भ्वाइस’ र ‘एसएमएस’ आदान–प्रदान गर्ने सुविधामात्र रहेकामा शुक्रबारदेखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध भएको जनाएको हो ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सन्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकामा हाल पुनः सन्चालनमा ल्याइएको टेलिकमले जनाएको हो ।

अबउप्रान्त नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्नसक्ने जनाइएको छ ।

जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन् ।

निकट भविष्यमै यो सेवा अरु देशहरुमा पनि विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।